काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली काङ्ग्रेससँग आक्रोशित भएका छन् । काँग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा काँग्रेसले देश नै आफ्नो पेवा जस्तो ठानेको उनको भनाइ छ ।
“पाँच दलीय गठबन्धनमा छलफल चलिरहेको छ । कुन दलले कति सिट लिने ? नेपाली काँग्रेसले त यो देश नै उनीहरूको पेवा जस्तो ठानिरहेको छ,” नेता नेपालले भने, “उनीहरूकै बिर्ता भए जस्तो । आज त सुनाइदिएँ, मैले यो तपाईँहरूको बिर्ता हो ?” अहिले चुनाव कसरी जित्ने भन्नेमा आफूहरू केन्द्रित रहेको उनको भनाइ छ ।