×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टोटेनह्याममाथि चेल्सीको सहज जित, लिभरपुलपनि विजयी

टोटेनह्याममाथि चेल्सीको सहज जित, लिभरपुलपनि विजयी

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटेनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटेनह्यामलाई २–० गोल अन्तरले पराजित गरेको हो ।  चेल्सीको जितमा हाकिम जिएच र थिआगो सिल्भाले एक एक गोल गरे । यो जितपछि चेल्सीको प्रिमियर लिगमा २४ खेलमा ४७ अंक हुँदा लिगमा तेस्रो स्थानमा रहेको छ । टोटेनह्यामको भने २० खेलमा ३६ अंक भएको बनाएर तालिकाको सातौँ स्थानमा छ ।

त्यसअघि भएको खेलमा लिभरपुलले सहज जित दर्ता गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । लिभरपुलले घरेलु टोली क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानको सिटीसँगके अंक दुरी छोट्याएको हो ।  लिभरपुलको जितमा भर्जिल भान डाइक, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्होले गोल गरे । घरेलु टोलीका ओड्सोनी इडुआर्डले एक गोल फर्काए । जितसँगै लिभरपुलको २२ खेलबाट ४८ अंक पुगेको छ ।

एक खेल बढी खेलेको शीर्षस्थानको सिटीको ५७ अंक छ । पराजित क्रिस्टल प्यालेस २२ खेलबाट २४ अंक जोडेर १३आं स्थानमा रहेको छ ।  यस्तै प्रिमियर लिगकै अर्को खेलमा लेस्टर सिटी र ब्राइटनले १–१ गोलको बराबरी खेल्दा आर्सनल र बर्नलेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिकृया दिनुहोस्