काठमाडौँ- आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत युएईसँग खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले चौथो ओभरमा पहिलो विकेट लिएको हो ।
युएईका चिराग सुरीको विकेट सोमपाल कामीले लिएका हुन् । सुरीले ६ रन बनाएका थिए । चार ओभरको खेल सकिँदा युएईले १ विकेट गुमाएर २१ रन बनाएको छ ।