काठमाडौं - २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय थिलाथिला पर्यो। कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ। कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन्। कोरोना महामारीका कारण पर्यटकीय गतिविधहरु बन्द भएका छन्। कोरोनाका कारण गएको वर्ष नराम्ररी थला परेको पर्यटन व्यवसाय फेरी संकटमा रहेको पर्यटन व्यवसायीहरु बताउछन्।