सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ ४ गते बसेको बैंठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ ७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको हाल एक अर्ब १२ लाख २३ हजार रूपैयाँ चुक्ता पूँजी रहेको छ । त्यसको ११ प्रतिशत अर्थात ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएर कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।