×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज उपसभापतिकाे मात्रै, महामन्त्रीकाे भाेलि

आज उपसभापतिकाे मात्रै, महामन्त्रीकाे भाेलि

काठमाडाैँ- नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मकाे पदमा मतदान भइसकेकाे छ । यसमा सभापतिकाे टुङ्गाे लागिसकेकाे छ । सभापतिमा पुन: शेरबहादुर देउवा दाेहाेरिएका छन् ।अब आजदेखि अन्य पदाधिकारीहरूसँगै क्रमश: मतगणना हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ । समितिकाअनुसार आज अपराह्न ४ बजेबाट उपसभापति पदकाे मतगणना हुनेछ ।

२ जना केन्द्रीय उपसभापतिका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता काेइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । यी ७ उम्मेदवारहरूबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । समितिकाअनुसार आज उपसभापति पदकाे मात्रै मतगणना हुनेछ । महामन्त्रीकाे भाेलि गणना हुने समितिले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्