×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दिपकराजको गोलमा बराबरी खेल्दै नेपाल फाइनलमा

दिपकराजको गोलमा  बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं- प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।

निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरे ।

दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो । उनले लाओसविरुद्धको खेलबाट डेब्यु गरेका थिए ।

त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।  दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

नेपालमाथि भुटानको यो ऐतिहासिक प्रदर्शन हो । भुटानले पहिलो पटक नेपालसँग बराबरी खेलेको हो ।

नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी भुटानसँग पहिलो पटक बराबरी खेलेको हो ।

यस अघिको १२ भेटमा नेपालले १२ खेलमै जित निकालेको थियो ।

यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । भुटान भने बाहिरिएको छ ।

अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ ।

नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लाओसले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

भुटान १ अंक जोडेर घर फर्किएको छ ।

प्रतिकृया दिनुहोस्