×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

'गुन्डा नाइके' राजु गोर्खाली काठमाडौंबाट पक्राउ

'गुन्डा नाइके' राजु गोर्खाली काठमाडौंबाट पक्राउ

काठमाडौं । 'गुन्डा नाइके' को रूपमा चिनिने राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको एक विशेष टोलीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार, गोर्खालीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो, सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

गोर्खाली पछिल्लो समय राजनीतिमा पनि सक्रिय थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारका लागि सिफारिस भएका थिए। यद्यपि, अन्तिममा उनले पार्टीबाट टिकट भने पाएनन्।

प्रतिकृया दिनुहोस्