×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सभापतिको दाबी कायमै रहेको शेखर र प्रकाशमानको भनाइ

सभापतिको दाबी कायमै रहेको शेखर र प्रकाशमानको भनाइ

काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह र डा शेखर कोइरालाले उम्मेदवारको दाबीमा कायमै रहेको बताएका छन् । संस्थापन इतर पक्षबाट सहमति गरी सभापतिमा एक जना मात्र उम्मेदवार बनाउने कोसिस भइरहँदा दुवै जनाले आफ्नो दाबी कायमै रहेको बताएका छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सभापतिमा कोइरालाले दाबी छोडेको भन्ने कुरा गलत भएको बताएका छन् ।

यस्तै काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले पनि आफ्नो उम्मेदवारी कायमै रहेको बताए । उनीहरू दुवैले पावर सेयरिङ गर्न तयार रहेको तर सभापतिमा भने आफैँ उठ्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्