×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपीएल : राजस्थानलाई हराउँदै हैदराबाद फाइनलमा

आइपीएल : राजस्थानलाई हराउँदै हैदराबाद फाइनलमा

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ अन्तर्गत राजस्थान रोयल्सलाई हराउँदै सनराईजर्स हैदराबादले फाइनलमा स्थान बनाएको छ ।

चेन्नईमा रहेको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको दोस्रो क्वालिफायर खेलमा हैदराबाद ३६ रनले विजयी भएको छ ।

हैदराबादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि धुव्र जुरेलले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर यसश्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए ।

हैदराबादका लागि शाहबाज अहमदले ३ तथा अभिशेक शर्माले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

हैदराबादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । ट्राभिस हेडले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३/३ तथा सन्दीप शर्माले २ विकेट लिए ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित हुदै हैदराबादले दोस्रो क्वालिफायर खेलेको थियो । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो । समूह चरणमा भएको खेलमा पनि हैदराबाद विजयी भएको थियो ।

हैदराबादले आइतबार हुने फाइनल खेलमा कोलकातासँगको भेट पक्का गरेको छ ।

प्रतिकृया दिनुहोस्