×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्यमा भारी गिरावट, कति घट्यो ?

सुनको मूल्यमा भारी गिरावट, कति घट्यो ?

काठमाडौँ- सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्