जापान । याचियो नेपाल जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा दोस्रो तीज मेला गर्ने भएको छ । आउदो अगस्ट २४ आइतवार का दिन काचुतादाइ कल्चरल सेन्टर हलमा कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष जयलाल पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार तीज मेलामा जापानमा रहेका केही चर्चित कलाकारहरु समेत सहभागी रहने छन् ।
पारिवारिक जमघट तथा नेपालबाट जापान आई बसोबास गर्ने नेपालीहरु सबैका लागी कार्यक्रम राखिएको जानकारी दिएको हो । आयोजक संस्थाका महासचिव दिनेश पुरीले कार्यक्रमले तीजमात्र नभएर नेपाली कला संगीतको संरक्षण तथा प्रबर्धनमा टेवा पुर्याउने विश्वास गर्नुभएकाे छ । यो याचियो नेपालको दोस्रो तीज विशेष कार्यक्रम हो, उहाँले भन्नुभयाे : गत बर्षपनि हामीहरुले कार्यक्रम राखेका थियौं ।
चाडपर्व बिशेष कार्यक्रममा नेपाली गीत संगीत तथा नृत्यहरु, तथा नेपाली परिकार त हुन्छन् नै त्यसमा पनि नेपालको संस्कृतीलाई जापान सम्म प्रचारप्रचार गर्न यस्ता कार्यक्रमले टेवा पुर्याउने भएकाले यो बर्ष पनि कार्यक्रम राखिएको महासचिव पुरीको भनाई थियो । उत्त कार्यक्रममा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु सहभागी हुन आयोजक संस्थाले आग्रह गरेकाे छ ।