जापान । जापानमा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पा समाज जापानले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम यस बर्ष पनि गर्ने भएको छ । नेपाली मौलिक चार्डपर्व, कला, सँस्कृति, रितिरिवाजको जगेर्ना गर्दे नयाँ पुस्तालाई पनि आफ्नो देशको संस्कृतिका बारेमा जानकार गराउने उदेश्यका साथ गर्न लागिएको पाल्पाली देउसी भैलो कार्यक्रम आगामी अक्टोबर १८ तारिख शनिवार टोकियो स्थित ओकुबु स्टेशन नजिकै रहेको चितवन राईनोमा बेलुकी ५ बजेदेखि हुने भएको हो ।
नेपालीहरुको महानपर्व तिहारको अबसर पारेर आयोजना गर्न लागिएको देउसी भैलो कार्यक्रममा विधिवत लक्ष्मीपूजा गरि आकर्षक साजसज्जा सहित नेपाली परम्परागत शैलीमा विभिन्न पाल्पाली परिकार चुकाउनी र सेलरोटी को साथमा पूजा आराधना गरि देउसी भैलो खेलीने आयोजक संस्थाले जानकारी दिएको छ ।
स्थानिय कलाकाहरुको प्रस्तुती सहित परम्परागत तरिकाले देउसी भैलो खेलिने भएकोले जापानमा रहनुहुने सम्पुर्ण नेपाली आमावुवा दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थित भईदिनुहुन आयोजना संस्थाले अनुरोध गरेको छ