×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोरङमा निषेधाज्ञाको अवधि जेठ २४ सम्म थप

मोरङमा निषेधाज्ञाको अवधि जेठ २४ सम्म थप

मोरङ- मोरङ प्रशासनले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म बढाएको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राति १२ बजेसम्म थियो । जिल्ला प्रशासन कार्यालय मोरङले ७ दिन निषेधाज्ञा थपेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।

छिमेकी झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सबैभन्दा धेरै भएका जिल्ला हुन् ।

कोभिड(१९ को महामारीको दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा लगाउन चर्को दबाब परेपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

प्रतिकृया दिनुहोस्