×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निहारिकालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मधेस सरकारको निर्णय

निहारिकालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मधेस सरकारको निर्णय

जनकपुरधाम-  मधेश प्रदेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वरकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् ।

उनलाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको मधेस सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।निहारिकाले

धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठमाथि बलात्कारको आरोप लगाएकी थिइन् । तर जिल्ला अदालतबाट श्रेष्ठले सफाइ पाएका थिए । तर अहिले निहारिकाले निरन्तर आन्दोलन गरेपछि अदालतले पीडितको माग अनुसार डिएनए परीक्षणको आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्