×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माण गरिने

दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माण गरिने

काठमाडाैँ । नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रे‚टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो । 

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र ‚मारक व्यव‚थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ । सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बगैँचालाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको बताए । ‘त्यत्तिकै छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन थाल्छ,” उनले भने, “त्यही भएकाले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको हो ।’

नारायणहिटी परिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ । त्यही भएर दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माणले थप आकर्षित हुने अपेक्षा सङ्ग्रहालयको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक बगैँचा र बङ्कर मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिएका थिए । त्यसअघि मन्त्रालयका सहसचिव होमकुमार लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र रेस्टुरेन्ट निर्माणकार्यमा संलग्न बतास समूहलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरेको हो । -गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्