काठमाडौं- जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका तयारी गर्न राति साढे २ बजे नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । अभ्यास खेल खेल्न जाने टोलीमा सन्दीप लामिछाने भने गएका छैनन् । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।
नेपाली टिम उतैबाट जिम्बाब्बे प्रस्थान गर्नेछ । नेपालले जिम्बाब्बेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाब्बेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्टइण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।