×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश जबरामाथिका आरोपका प्रमाण

समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश जबरामाथिका आरोपका प्रमाण

काठमाडौं- संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ । समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।

समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले प्रमाण र कागजात माग गरेको हो ।

समितिको नम्बर ०१–४२००१२८, ०१–४२००२३१ र इमेल scommittee_hr@parliament.gov.np मार्फत पनि प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ । यही भदौ १५ गते जबरासँग सोधपुछ गर्ने मिति समितिले तय गरेको छ ।

प्रतिकृया दिनुहोस्