×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्दै

अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्दै

काठमाडौँ - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओको निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म रहेको छ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन । 

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

प्रतिकृया दिनुहोस्