×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ को असार महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक तामाङ

प्रदेश १ को असार महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक तामाङ

विराटनगर:प्रदेश १ ईलाका प्रहरी निरिक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धानमा कार्यरत प्रहरी निरीक्षक तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो । कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराध गरी वारदातपश्चात फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आमनागरिकहरुमा सुरक्षाको अनुभूति हुनेगरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने काम गरेको प्रदेश प्रहरी कार्यालयको दाबी छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका ‘क’ स्तरसम्मका इलाका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ ।

प्रतिकृया दिनुहोस्