काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरूको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् ।
उनले पत्रकारहरूसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् । उनले भने, ‘श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लागत रहेछ कहाँ ? देखाउन त सक्लान् नि । देख्नुभयो भने मलाई खबर गर्नू, मैले पहिला कारबाही गर्छु ।’