×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सी निलम्बीत पहिलो खेलमा पीएसजीको शानदार जित

मेस्सी निलम्बीत पहिलो खेलमा पीएसजीको शानदार जित

एजेन्सी- लियोनल मेसीलाई निलम्बन गरिएपछिको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति फ्रेन्च लिग वानमा ट्रोयसलाई ३–१ ले हराएको छ । जितसँगै पीएसजी उपाधिनजिक रहेको छ ।

बिनाअनुमति साउदी अरब भ्रमण गरेको भन्दै पीएसजीले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेसीलाई निलम्बन गरेपछि पीएसजीको यो पहिलो खेल हो ।

गए राति पहिलो खेलमा पाहुना टोली पीएसजीले आठौँ मिनेटमा काइलियन एमबाप्पेले गरेको गोलबाट अग्रता लिएको थियो । ५९औँ मिनेटमा भिटिन्हाले पीएसजीको अग्रता दोब्बर बनाए । ८६औँ मिनेटमा फाबियन रुइजले अर्को गोल थपेपछि पीएसजीले तीन अंक पक्का गरेको हो ।

जितपछि पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । त्यो दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अगाडि हो । तेस्रो स्थानको मार्सेभन्दा आठ अंकको अग्रता हो । जारी लिगमा अब १२ अंकको मात्र खेल बाँकी छ ।


 

प्रतिकृया दिनुहोस्