काठमाडौँ- नेपालले त्रिदेशीय टी-ट्वेन्टी क्रिकेटमा पपुवा न्युगिती पीएनजीलाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको हो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा ३ चौका र ४ छक्का सहित ६६ रन बनाए । यस्तै, रोहित पौडेलले ४१, आशिफ शेखले ३८, आदिल आलमले ३१ र कुशल भुर्तेलले १८ रन बनाए ।
आजै राष्ट्रिय टिममा डेब्यु गरेका आदिलले ११ बलमा ३ छक्का र १ चाैकासहित ३१ रन बनाए । रोहितले २३ बलमा ४ चाैका र २ छक्का प्रहार गरे । आसिफले २९ बलमा ४ चाैका र १ छक्का प्रहार गरे । करण केसीले १ रन बनाए भने दिलिप नाथ शुन्यमा आउट भए । पीएनजी काबुवा माैरवाले ३ विकेट लिए । आजको खेल जिते नेपाल प्रतियोगिताको फाइनलमा पुग्नेछ ।