काठमाडाैँ- एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले आज आफ्नो अन्तिम खेलमा लेबनानको सामना गर्दैछ । खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपाल लेबनानलाई हराउँदै जितका साथ प्रतियोगिताको अन्त्य गर्ने प्रयासमा हुनेछ ।
छनोटको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो अन्तरकोे हार बेहोरेको थियो । लेबनान पनि पहिलो जितको खोजीमा हुनेछ । उ पहिलो खेलमा ताजिकिस्तान र दोस्रो खेलमा इरानसँग पराजित भएको थियो ।