×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानले एकदिवसीय र त्रिकोणात्मक टी २० आई सिरिज आयोजना गर्ने

क्यानले एकदिवसीय र त्रिकोणात्मक टी २० आई सिरिज आयोजना गर्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखला खेल्ने भएको छ। टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो ।

आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ। त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्रिदेशीय शृखंला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ । 

नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ । 

प्रतिकृया दिनुहोस्