×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

जनकपुरधाम- मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि बिहीबार निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् । 

दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले सर्वसहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रकृया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए । 

जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले आज बुधबार प्रथम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । मतदाताको अन्तिम नामावली भने बिहीबार अपराह्न साढे २ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका छ । त्यसपछि तीनदेखि चारबजेसम्म मतदान हुनेछ । कांग्रेस २२ सिटसहित मधेश प्रदेश सभाको दोस्रो ठूलो दल रहेको छ ।

प्रतिकृया दिनुहोस्