×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हृदयरोग निवारण प्रतिष्ठानद्वारा चिल्लो नियन्त्रणबारे सरकारी कदमकाे स्वागत

हृदयरोग निवारण प्रतिष्ठानद्वारा चिल्लो नियन्त्रणबारे सरकारी कदमकाे स्वागत

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले अतिखराब चिल्लो नियन्त्रणका लागि सरकारले चालेको कदमको स्वागत गरेको छ । 

प्रतिष्ठानले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रिपरिषद्बाट नसर्ने रोगहरूको नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१–२५ स्वीकृृत भएको र यसले अति खराब चिल्लो नियन्त्रण तर्फ चाल्ने कदमको ढोका खोलेका जनाएको हो ।

कार्ययोजनामा खाद्य पदार्थहरूबाट औधोगिक ट्रान्स फ्याट अर्थात अति खराब चिल्लोको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य सन २०२३ सम्ममाा लागू गर्ने उल्लेख रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नीति कार्यक्रमको कार्यान्वयनको सफलताका लागि बिभिन्न कानूनी प्रावधानहरू तर्जुमा हुनुपर्ने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण पनि गराएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले अति खराब चिल्लो नियन्त्रणका लागि सरकारले चालेका कदममा प्रतिष्ठानको सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सरोकारवालाहरूले नेपालमा अति खराब चिल्लोको मात्रा जाँच्ने प्रयोगशाला र जनशक्तिको कमि रहेको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् । अति खराब चिल्लोका कारण विश्वमा बर्सेनि ५ लाख भन्दा बढि मानिसहरूको मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्