×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे

विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे

काठमाडौं - आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ।

वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो।
श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो।  तर, वर्षाको कारण खेल रद्द भयो। फ्लोरिडामा मंगलबार (स्थानीय समय) वर्षा भइरहेको थियो। वर्षाको कारण श्रीलंकाको अभ्यास पनि प्रभावित भएको थियो।

नेपालले आफ्नो पहिलो खेल नेदरल्याड्ससँग खेल्दा पराजय बेहोरेको थियो। नेपालले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ। यी दुवै खेल वेस्ट इन्डिजमा हुनेछ। यी खेलमा लेग स्पिनर सन्दीप लामिछानले उपलब्ध हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

प्रतिकृया दिनुहोस्