काठमाडौं - पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश संघको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो ।
अध्यक्षका प्रत्यासी उमेर पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भए । खड्काले २३ मत पाए भने पियाले १४ मत प्राप्त गरेका थिए । १३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्यानलबाट निर्वाचित भएका छन् ।
खड्का यसअघि काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी काठमाडौं जिल्लाबाट प्रतिनिधि भएर प्रदेश निर्वाचनमा होमिएका थिए । पारसलाई बागमती प्रदेशभित्रका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर सहितका जिल्लालाई खुल्ला रुपमा समर्थन गर्दै नेतृत्वको रुपमा अघि सारेका थिए ।