×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

एक खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

काठमाडौं। नेपाल एक खेलअगाबै एसिसी यु–१९ एसिया कपबाट बाहिरिएको छ। आइतबार बंगलादेशसँग पाँच विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग ५५ रनको हार बेहोर्दै प्रतियोगिता सुरुआत गरेको थियो। त्यसैले सेमिफाइनलको सम्भावना जिवितै राख्न आइतबार बंगलादेशविरुद्धको खेल जित्नैपर्ने समीकरण बनेको थियो।
तर, ब्याटिङमा कमजोर देखिएको नेपालले बंगलादेशसामू १४२ रनको सामान्य लक्ष्यमात्रै प्रस्तुत गर्न सक्यो। उक्त लक्ष्य बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाउँदै सहजै पूरा गर्‍यो।

जितसँगै नेपालको समूहबाट बंगलादेशसँगै श्रीलंकाले अन्तिम चारमा स्थान बनाएका छन्। बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो।

श्रीलंकाले आइतबार नै अफगानिस्तानमाथि १३१ रनको विशाल जितसहित अन्तिम चारमा स्थान पक्का गर्‍यो। नेपाल र अफगानिस्तानले बुधबार आफ्नो अस्तित्व जोगाउन एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।  

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशलाई जित दिलाउन जावेद अबरारले सर्वाधिक ५९ बलको इनिङ्स खेले। ६५ बलको सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे। यस्तै, कप्तान अजिजुल हाकिमले ५२ रनको अविजित इनिङ्स खेले।

नेपालका कप्तान हेमन्त धामीले पहिलो ओभरको अन्तिम बलमै ओपनर कलाम सिद्दिकीलाई शून्य रनमा एलबिडब्यु आउट गराएपनि जावेद र हाकिमको साझेदारी महंगो बन्न पुग्यो। उनीहरूबीच पहिलो विकेटका लागि ९० रनको साझेदारी भए। मोहम्मद जेम्स र रिजन हसन शून्य रनमा आउट हुँदा फरिद हसन १३ रनमा पभिलिन फर्किए। 

नेपालका युवराज खत्रीले सर्वाधिक चार विकेट लिए। ६ ओभर बलिङ गरेका उनले एक मेडनसहित २३ रन खर्चिए। हेमन्तको नाममा एक विकेट रह्यो।

प्रतिकृया दिनुहोस्