×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २ सय ३८ संक्रमित थपिए, ३ सय ९२ कोरोनामुक्त

थप २ सय ३८ संक्रमित थपिए, ३ सय ९२ कोरोनामुक्त

काठमाडौं- नेपालमा शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार १ सय ८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्