×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसएमएस फ्रेन्डशिप कप : नेपाललाई गुजरातको सामान्य लक्ष्य

एसएमएस फ्रेन्डशिप कप : नेपाललाई गुजरातको सामान्य लक्ष्य

काठमाडौं - एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गुजरातले नेपालसामू ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वापीमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पार्यो ।

गुजरातका लागि रुद्र पटेलले २३, हेमान्ग पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाए ।

नेपालका लागि गुल्सन झाले चार ओभरमा २२ रन खर्चिदै चार विकेट लिए । यसैगरी करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए । 

प्रतिकृया दिनुहोस्