×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रियल म्याड्रिडको एकतर्फी अग्रता कायमै

रियल म्याड्रिडको एकतर्फी अग्रता कायमै

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले उपाधि होडमा आफ्नो एकल अग्रता जारी राखेको छ । शनिबार भएको खेलमा भ्यालेन्सियालाई ४-१ ले पराजित गर्दै उपाधि होडमा उसले दोस्रो स्थानको सेभियासँग पुन ८ अंकको अग्रता बनायो ।

शनिबार राति भएको खेलमा करिम बेन्जमा र भिनिसियस जुनियरले समान २-२ गोल गर्दै दोस्रो स्थानको सेभियासँग ८ अंकको अग्रता कायम राखे । घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेलमा रियलले करिम बेन्जमाको पेनाल्टी मार्फत खेलमा अग्रता लिएको थियो । कासेमिरोमाथि फल भएपछि पाएको पेनाल्टीलाई बेन्जमाले ४३औँ मिनेटमा सदुपयोग गर्दै टीमलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।

दोस्रो हाफमा भिनिसियस जुनियरले सुरुवातमानै अग्रता दिलाए । उनले ५२ औँ मिनेटमा अग्रता दोब्बर बनाए । जुनियरलेनै ६१ औँ मिनेटमा दुई डिफेन्डर विट गर्दै टिमको अग्रता ३-० मा पुर्‍याए । भ्यालेन्सियाले भने गोन्जालो गुडेसको ७६ औँ मिनेटको गोलमा खेलमा फर्किने प्रयास गरेको थियो । पेनाल्टी पाएपछि गुडेसले गरेको प्रहार गोलरक्षकले रोकेका थिए । तर रिबाउन्डमा हेड गर्दै गुडेसलेनै टीमको अग्रता ३-१ मा पुर्‍याए ।

रियलको फराकिलो अग्रता कायम राख्ने क्रममा खेल सकिन निर्धारित समयको दुई मिनेट बाँकी हुँदा बेन्जामाले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गर्दै खेल ४-१ ले आफ्नो पक्षमा पारे । जितसँगै रियलले २० खेलबाट ४९ अंक बनाएर शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानको सेभियाको ४१ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्