भक्तपुर - कोभिड महामारीकैवीचमा भक्तपुरमा १० करोड लगानीमा ठूलो इको प्यानल उद्योग संचालनमा आएको छ । कोभिडको बेला धेरै उद्योगधन्दाहरु आरालो लागिरहेको बेला वडो उत्साहकासाथ ठूलो लगानीमा उद्योग सञ्चालानमा ल्याइएको हो । जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ४ झौखेलस्थित १० रोपनी क्षेत्रफलको जमिनमा उद्योग राखेर उत्पादन थालिएको हो । लकडाउनकावीच पनि धमाधम काम सुरु गरी अहिले उत्पादनसमेत थालिसेको हो । इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यो इटाको विकल्पमा प्रयोग हुने पछिल्लो समय वढी प्रयोगमा आएको निर्माण सामाग्री हो । यी प्यानलहरु इटाजस्तो सानासानो नभई स्ल्याब जस्तो ठूल्ठूला हुन्छन् । यसले गर्दा तीव्र निर्माण पनि सम्भब हुन्छ ।
इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुको उत्पादन वातावणमैत्री भएको बताए । वातावरणलाई कुनै पनि नकारात्मक प्रभाव नपार्ने गरी आफूहरुले इको प्यानलको उत्पादन थालेको सीईओ इन्जिनियर दुवालले बताए । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा कोईला लगायतका ईन्धन प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गरेको जनाएको हो । उद्योगले विभिन्न आकारप्रकारमा रहेका इको प्यानलहरुको उत्पादन सुरु गरेका छन् । इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने गर्दछ । कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने योजना रहेको जनाइएको छ । सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी नाराका साथ कम्पनीले आफनो उत्पादन थालेको हो ।
निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनी प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता वढ्दो छ । यसअघि कम्पनीले आवश्यक मेशिन ल्याउनका लागि चीनको फुजियानस्थित एस एल मेशिनरी म्यानफ्याक्चरर कम्पनी लिमिटेडसँंग मेशिन खरिद गर्न र स्थापनाका लागि सम्झौता गरेको थियो । त्यही सम्झौता अनुसार आवश्यक मेशिनहरु चीन, भारतलगायतका विदेशी मुलुकहरुबाट ल्याइएका थिए ।