×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाराही हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

बाराही हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने

काठमाडाैं- बाराही हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आगामी आइतबार बाँडफाँट हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओ आगामी आइताबार क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गरिने भएको हो ।

कम्पनीले गत मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेकाे थियाे ।

जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ । गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

प्रतिकृया दिनुहोस्