×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल भर्सेस युएई : कसले मार्ला बाजी ?

नेपाल भर्सेस युएई : कसले मार्ला बाजी ?

काठमाडाैँ- सम्भवतः नेपाली क्रिकेट टीम अहिलेजति आत्मविश्वासी सायदै थियो । किनकि विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ए मा समूहचरणमा एकमात्र अपराजित टीमका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । अर्था समूह ‘ए’ र ‘बी’ दुबैमा नेपाल मात्रै अपराजित रह्यो । अपराजित मात्रै रहेन हरेक खेलमा आफ्नो रवाफ देखायो । 

कम स्कोर भएको खेलमा बलरहरूले जादुमयी प्रदर्शन गरे । अनि चुनौतीपूर्ण इनिङमा ब्याट्सम्यानको जादुमयी ‘ब्याट’ चल्यो । एउटा प्रतियोगितामा राम्रो फर्ममा हुनका लागि टीमका कुनैन कुनै खेलाडीले कुनै कुनै खेलमा आफूलाई प्रमाणित गर्नु पर्छ । यस्तोमा नेपालले त्यस्तै टीमको ‘कम्बिनेशन’ पाएको छ ।

कुशल भुर्तेलको सदाबहार उच्च फर्ममा दीपेन्द्र सिंह ऐरीको साथ साथमा अन्य खेलाडीको होस्टेमा हैँसे अपराजित रहनुको मुख्य कारण हो । त्यस्तै तीव्र बलर र स्पिन बलिङको ‘कम्बिनेशन’ ले नेपाली बलिङको लिगेशीलाई कायम मात्र राखेन अब विश्वकप दाबेदारीमा सर्वाधिक उच्च स्थानमा नेपाल रहन पुग्यो ।

यस्तै दाबेदारीको महत्त्वपूर्ण खेलमा नेपालले आज दिउँसो पौने ४ बजे युएईसँग प्रतिस्पर्धा गर्दै गर्दा स्वाभाविक रूपमा नेपाल भन्दा बढी युएई दबाबमा हुनेछ । बहराइनसँगको हारका बाबजुद भाग्यमानी साबित हुँदै सेमिफाइनल पुगेको युएई उच्च फर्ममा रहेको नेपालविरुद्ध स्वाभाविक रूपमा ‘ब्यागफुट’ मा हुने छ । त्यसो त नेपाल पनि त्यति धेरै उत्साही हुने छैन किनकि केही दिन अघिमात्र चारदेशीय सिरिजमा युएईसँगै हार भोगेको नतिजा पुरानो भएको छैन ।

प्रतिकृया दिनुहोस्