×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेलिकप्टरमा हेटौंडा गए गृहमन्त्री बादल उम्मेद्वारी आजै दर्ता गर्ने

हेलिकप्टरमा हेटौंडा गए गृहमन्त्री बादल उम्मेद्वारी आजै दर्ता गर्ने

काठमाडौं - बागमती प्रदेशमा हुन लागेको  एक जना राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा 'बादल' हेलिकप्टर लिएर हेटौंडा गएका छन्।
उम्मेदवारी दर्ता गर्न केही घन्टा बाँकी रहनुपहिले नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि बादल उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गएका छन्। 

उम्मेदवारी दर्ताको समय दिउँसो ४ बजेसम्म छ।   २०७४ को चुनावमा  बादलले माओवादी के‍न्द्रबाट राष्ट्रिय सभा सदस्य जितेका थिए। 

नेकपामा विवाद भएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा लागेका थिए। नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो। 

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।

यता माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले उम्मेद्वारी दिएका छन्।

राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा पुगिसकेका छन्।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको  कार्यतालिका तोकिएको छ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ भने नेकपा एमाले एक्लै छ।

राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । उनीहरूको मतभारको आधारमा उम्मेदवारको हारजित हुन्छ।

प्रतिकृया दिनुहोस्