×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने

एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने

काठमाडौँ- उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ ।

उनले अघि भने, ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ ।’ उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज (बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी छ ।

प्रतिकृया दिनुहोस्