×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अवैध औषधि सहित ३ जना पक्राउ

अवैध औषधि सहित ३ जना पक्राउ

सुनसरी : हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३ हजार ४ सय ८० क्यापसुल अवैध औषधि ट्रामाडोल सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेक छ । 

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुँवर, सोही ठाउँ बस्ने विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन् ।

सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि सहित फेला पारी गाडी चालक बिजय समेत उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्थापनको कार्यालय बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्