×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपीएल : फाइनल पुग्न आज गुजरात र मुम्बई भिड्दै

आइपीएल : फाइनल पुग्न आज गुजरात र मुम्बई भिड्दै

काठमाडौँ - ईन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यो खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

यो स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो । दुवै टोलीसँग गुणस्तरीय खेलाडी छन्, त्यसैले फ्यानहरू उत्कृष्ट खेलको अपेक्षा गरिरहेका छन् ।

मुम्बईका लागि अहमदाबादमा हार्दिक पाण्ड्याको टोलीलाई हराउन सजिलो नहुनेमा कुनै शंका छैन । तर, पछिल्ला केही खेलमा मुम्बई इन्डियन्सले जसरी खेलेको छ, त्यसले अब उनीहरुको च्याम्पियन बन्ने सम्भावना बढेको छ । यसका बावजुद, तालिकाको शीर्ष स्थानमा रहेको गुजरातसँग धेरै खेल विजेता छन् जसले मुम्बईलाई कडा प्रतिस्पर्धा दिनेछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिचलाई ब्याट्सम्यान मैत्री मानिन्छ। चेन्नईको एमए चिदम्बरम स्टेडियमबाट बिल्कुल उल्टो वातावरण हुनेछ । यस मैदानको पिच फास्ट बलरहरूको लागि गति र बाउन्स छ भने, आउटफिल्ड पनि छिटो हुनेछ । एक लाख मानिस अट्ने यो स्टेडियम स्पिनरहरूका लागि खासै सहयोगी मानिदैन, तर राशिद खान र पियुष चावला जस्ता स्पिनरहरू जुनसुकै मैदानमा विकेट लिन माहिर मानिन्छन् । यद्यपि, यदि यो रातो माटोको पिचमा हुन्छ भने स्पिनरहरूले मद्दत पाउन सक्छन्। बाउन्ड्री अलि ठुलो भएकोले छक्का त्यति धेरै नदेख्न पन सकिन्छ ।

यस मैदानमा अहिलेसम्म आइपिएलका २५ खेल भएका छन्, जसमा पहिला ब्याटिंग गर्ने टिमले १२ खेल जितेका छन् भने रन चेज गर्ने टिमले १३ खेल जितेका छन् । यस मैदानको पहिलो इनिंगको औसत रन १६८ रहेको छ । यस मैदानमा अहिलेसम्म यसै सिजनमा गुजरातले लखनउविरुद्ध सर्बाधिक २२७ रन बनाएको थियो ।

त्यस्तै यस मैदानमा गुजरातले अहिलेसम्म खेलेका ८ आइपिएल खेलमा ५ जितेको छ भने ३ खेल हारेको छ । त्यस्तै मुम्बई इण्डियन्सले यस मैदानमा अहिलेसम्म आइपिएलका ३ खेल खेलेको छ, जसमा एक जितेको छ र २ खेलमा हार बेहोरेको छ ।   

आइपिएलमा दुवै टीमबीच अहिलेसम्म भएका तीन खेलमा मुम्बईले २ जितेको छ भने गुजरातले एक खेल जितेको छ ।

प्रतिकृया दिनुहोस्