×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ओलम्पिक फुटबल : स्पेन सेमिफाइनलमा

ओलम्पिक फुटबल : स्पेन सेमिफाइनलमा

स्पेन जापानको टोक्योमा चलिरहेको ओलम्पिक प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल पुगेको छ । शनिबार भएको क्वाटरफाइनलमा आइभरीकोस्टलाई ५–२ ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । निर्धारित समय २/२ गोलको बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा तीन गोल थप्दै स्पेन विजयी भएको हो ।

दुईपटक लिएको अग्रता जोगाउन नसक्दा आइभरीकोस्ट पराजित भयो । स्पेनलाई जिताउन राफा मिरले ह्याट्रिक पूरा गरे भने डेनी ओल्मो र माइकल ओयार्जाबेलले एक एक गोल गरे । खेलमा अग्रता भने एरिक बेल्लीको गोलमा आइभरीकोस्टले लिएको थियो । उनले खेलको दशौं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको तीसौं मिनेटमा ओल्मोले बराबरी गोल फर्काए ।

खेलको थप गरेको समयमा फेरि आइभरिकोस्टले अग्रता लियो । ९० मिनेटमा म्याक्स गार्डेलले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए । तर त्यसको दुई मिनेटमै स्पेनका राफा मिरले बराबरी गोल गरे । र खेल थप समयमा धकेलियो । थप समयमा भने स्पेन हावी भयो । उसले तीन गोल थप्दा आइभरीकोस्टले एक गोल पनि गर्न सकेन । सेमिफाइनलमा स्पेनले जापान र न्युजिल्यान्डको खेलको बिजेतासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्