×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारत १० विकेटले विजयी

भारत १० विकेटले विजयी

काठमाडौँ- भारतले जिम्बाबेविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । जिम्बाबे टूरमा रहेको भारतीय टिमले विहिबार सिरिजको पहिलो खेलमा जिम्बाबेलाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । 

जिम्बाबेले दिएको १९० रनको झिनो लक्ष्य पछाएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि ओपनर कप्तान शिखर धवनले अविजित ८१ र शुभमन गिलले अविजित ८२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ४०.३ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । खेलमा ७ ओभरमा २७ रन दिएर ३ विकेट लिएका भारतीय बलर दीपक चहर प्लेयर अफ द म्याच बनेका छन् ।

तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ भने अब सिरिजको दोस्रो खेल आगामी शनिबार हुने छ ।

प्रतिकृया दिनुहोस्