काठमाडौं - नेपाल यु १९ क्रिकेट टिमले हकङकङ यू १९ लाई ३ म्याचको एक दिवसीय क्रिकेट श्रृंखलामा क्लीन स्वीप गरेको छ ।
आज अन्तिम खेलमा नेपालले १३० रनको विशाल जित हासिल गर्यो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६५ रन जोडेको थियो । नेपालका लागि ३ जना ब्याटरले अर्धसतक प्रहार गरे । ओपनर सुयंसु कोइरालाले ९६ बलमा सर्वाधिक ६० रन बनाए ।
उनले एक छक्का र ८ चौका प्रहार गरेका थिए । मध्यक्रमका सन्तोष यादवले ४५ बलमा ५३ रन जोडेर रनआउट भए । यस्तै, कप्तान अभिषेक तिवारीले ४ बलमा ५६ रन बनाए । उनले दुई चौका र ४ छक्का प्रहार गरेका छन् । नेपालले अतिरिक्त २१ रन पाएको थियो ।
जवाफी ब्याटिङमा हङकङले ५० ओभर पुरै खेले पनि ९ विकेट क्षतिमा १३५ रन मात्र जोड्न सक्यो । हङकङका लागि प्रित मंगुकियाले ५५ रन बनाए । नेपालका बलर अभिषेक तिवारी र अफुदिन रैनले दुई–दुई विकेट बाँडेका थिए ।