काठमाडौं- इटालियन सिरी ए फुटबलमा नापोलीले जित हाल पारेको छ। शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेन, केभिचा कोभारास्केलिया, इलिफ इल्मासले एक एक तथा अमिर रहमानीले दुई गोल गरे। यता युभेन्ट्सका एन्जल डी मारियाले एक गोल फर्काए।
यस जितसँगै शीर्ष स्थानको नापोलीले १० अंकको अग्रता कायम गरेको छ । नापोलीले १८ खेलमा ४७ अंक जोडेको छ । युभेन्ट्स १८ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।