×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले १४ प्रतिशत लाभांश दिने घोषणा पारित गरेको छ । वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्