नेपाल र भारतबीच भएको रेल सम्झौताको सम्झौता पत्र शुक्रबार आदानप्रदान भएको छ । नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मनत्रालयका सचिव दिनेश भट्टराई र भारतीय रेलवे बोर्डका एडिशनल मेम्बर सुशान्त कुमार मिश्रले हस्ताक्षर गरेको उक्त सम्झौता पत्र शुक्रबार आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
सम्झौतापछि नेपालमा सामान ढुवानीका लागि भारतीय रेल सेवा तथा नेपाल रेल्वे कम्पनीले सञ्चालन गर्ने रेल सेवाको समेत प्रयोग गर्न सकिने भएको छ ।
नेपालले कोलकाता, हल्दिया, लगायत बन्दरगाहबाट कार्गो ढुवानी गर्न सक्ने छ । यो सम्झौतापछि नेपालमा भारत तथा तेस्रो मुलुकबाट भारतहुँदै नेपाल ढुवानी हुने सामानको लागत कम हुने भएपछि व्यवसायी खुसी भएका छन् ।
उक्त सम्झौताको अवधि १० वर्षको हुने छ । १० वर्षपछि यो सम्झौता पुन नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।