×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता गठबन्धनको बैठक बस्दै ,निर्वाचनबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै ,निर्वाचनबारे छलफल हुने

काठमाडौं -स्थानीय चुनावको बारेमा छलफल गर्न  सत्ता गठबन्धनको बैठक आज विहान ९ बजेका लागि बैठक बोलाइएको छ ।

प्रधनमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ ।
स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।

तर, संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ । सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ । तर अर्थमन्त्री जनार्दन शकर्माले अध्यक्ष प्रचण्डको लाइन विपरित स्थानीय तहको निर्वाचन समय मै गर्नुपर्ने तर्क अघि सार्नुभएको छ ।
‘संविधानविद’को सुझावमा लिएको त्यो निर्णय सरकारले कार्यान्वयका लागि संशोधन प्रस्ताव संसदमा पठाइसकेको छैन । उक्त निणर्य नहुँदा निर्वाचन आयोगले सरकारलाई कानुन अनुसार वैशाख मसान्तभित्र चुनाव गराउन दबाब बढाइरहेको छ ।

शुक्रबार सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने भन्दै यसमा ढिलो गर्नु उचित नहुने बताएका थिए । त्यसपछि गठबन्धनका नेताहरुले चाँडै बैठक बसेर निर्णय लिन सहमति दिएका हुन् ।

प्रतिकृया दिनुहोस्