×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

खाद्यले माग्यो १०६ जना कर्मचारी

खाद्यले माग्यो १०६ जना कर्मचारी

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न १० पदमा १०६ जना कर्मचारी मागेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी कम्पनीले शुक्रबार दरखास्त आह्वान गरेको हो । 
सूचनाअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले २१ दिनभित्र दरखास्त आह्वान गर्न सक्नेछन् ।

जसअनुसार विभागीय प्रबन्धक २, सहविभागीय प्रबन्धक ६, वरिष्ठ अधिकृत ६, अधिकृत, १०, वरिष्ठ सहायक १९, अटोमिल मेकानिक्स १, मिल अपरेटर १, सहायक ६१ जना माग भएको छ । सबै पदमा गरी  आवेदन कम्पनीको वेबसाइटमा गएर अनलाइनमार्फत दिन सकिनेछ  ।

प्रतिकृया दिनुहोस्