×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

लघुवित्तका बिज्ञ डा.पोख्रेल अर्थमन्त्रीको बिज्ञका रुपमा नियुक्त

लघुवित्तका बिज्ञ डा.पोख्रेल अर्थमन्त्रीको बिज्ञका रुपमा नियुक्त

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आफ्नो मन्त्त्रालयमा सल्लाह तथा परामर्शका लागी डा शालिकराम पोख्रेललाई नियुक्त गरेका छन् । बैकिगं तथा वित्तीय प्रणाली का साथै विविध क्षेत्रमा देखिएका समस्या अध्ययन गरी अर्थ मन्त्री शर्मा ले नेपाल राष्ट्र बैकं आर्थिक अनुसन्धान विभाग मा कार्यरत डा. पोखरेललाई एक पत्र पठाएर आफ्नो मन्त्रालयमा झिकाएको डा. पोखरेलले एक कार्यक्रममा वताएका छन् ।  

लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सभामा बोल्दै अर्थमन्न्न्त्रालयमा आफुलाई नियुक्त गरेको खुलासा गरेका हुन् ।  लघुवित्तको बिषयमा बिद्यावारिधी गरेका डा पोखरेल सहित एमफानले  नेपाल सरकारका पुर्व सचिव डा. मान व . बिश्वकर्मा,त्रिभुवन बिश्वविद्यालयका उपप्रध्यापक डा. भरत सिंह थापा, त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक पुष्पराज शर्मा, अर्थविद नरहरि ढकाल लाई लघुवित्त क्षेत्रमा बिद्यावारिधी गरेकोमा सम्मान गरेको छ ।डा. पोखरेलको १० बर्ष भन्दा  बढी नेपाल राष्ट्र बैंक अनुसन्धान विभागमा रहेर मौद्रिक निती लेखन तथा नितिगत ब्यबस्था का लागि थुप्रै अनुसन्धान गरेको अनुभव  छ ।

डा.पोखरेल  ले  कर्णाली प्रदेश मा नेपाल राष्ट्र बैकं को नयाँ प्रदेश  कार्यालय स्थापना गर्ने र संचालनको  ब्यबस्था मिलएको   चुनौतिपूर्ण कामको अनुभव गरी २ बर्ष कर्णाली प्रदेश मा नेपाल राष्ट्र बैकं प्रदेश कार्यालयको प्रमुख रहेका थिए ।  उनले नेपालको आन्तरिक उत्पादन बृद्दी तथा  अर्थतन्त्रको दिगो बिकासका लागी साना मझौला तथा घरेलु उद्योग र लघुवित्त क्षेत्रमा निकै अनुभव हासिल गरेका छन् । चुनौती लाई कुशलता पूर्वक  ब्यबस्थापन गर्ने साहसिक अर्थविदको रुपमा चिनिने डा.पोखरेल का अनुसन्धान मुलक आर्थिक बिषयका लेख हरु राष्ट्रिय तथा अन्तराराष्ट्रिय पत्रपत्रीकाहरुमा प्रकाशित भएका छन । लघुवित्त विज्ञनै अर्थमन्त्रालयको बिज्ञको रुपमा नियुक्त भएपछि लघुवित्त क्षेत्रको समस्या हल हुनेमा लघुवित्त लगानीकर्ताहरुले आश गरेका छन् । एमफानका संचालक तथा सुपर लघुवित्तका अध्यक्ष किरण चौधरीले भनेः डा. पोख्रेल अर्थमन्त्रालयमा नियुक्त हुनुभयो, अर्थमन्त्रीसगं लघुवित्त समस्याका बिषयमा छलफल गरि समाधानको उपाय पक्कै दिनुहुनेछ  भन्नेमा हामी आशावादी छौ ।

प्रतिकृया दिनुहोस्