×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युक्रेनको पूर्वी दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

युक्रेनको पूर्वी दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

मस्को- युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।

‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त सहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४  र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।’

लिमानको एउटा चिहानमा अधिकारीहरूले करिब ११० वटा चिहान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको शव सम्पूर्ण परिवारको छेउमा गाडिएको छ' विज्ञप्तिमा भनिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्